Nepal started exporting vegetables to Qatar from today

काठमाडौं, नेपालमा उत्पादन गरिएको तरकारी आजदेखि कतारमा निर्यात गर्न थालिएको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा, दक्षिणकाली नगरपालिकामा उत्पादित करिब दुई हजार किलो तरकारी त्रिभुवन विमानस्थलमा कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई हस्तान्तरण गरिएको छ।

Nepal started exporting vegetables to Qatar from today

अहिलेको पहिलो चरणमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स, र करेला समावेश गरिएको छ। कृषि विभागका महानिर्देशक डा. नरहरीप्रशाद घिमिरेले यो निर्यातलाई नेपालको कृषि विकासको लागि महत्वपूर्ण कदम बताएका छन्।

चाइना फाउण्डेशनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई तालिम र कृषि सामग्री उपलब्ध गराइएको थियो, जसले मुलुकको आर्थिक विकास र किसानको प्रोत्साहनमा योगदान पुर्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *