काठमाडौं, नेपालमा तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र माओवादी जनयुद्धमा आधारित रहेको नयाँ टेलिफिल्म ‘राधाकृष्ण’ आउने भएको छ।
यो टेलिफिल्मको पहिलो शो शुक्रबारदेखि प्रसारित हुने तय भएको छ, तर विशेष शो बिहीबार मण्डलाथिएटरमा देखाइएको थियो।
यस शोमा माओवादी जनयुद्धका प्रमुख नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई पनि सहभागी थिए। उनीहरूले टेलिफिल्म हेरेपछि कलाकारहरूसँग सामूहिक तस्बिर खिचाए। यस टेलिफिल्ममा प्रमुख भूमिकामा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीध्रुबे’ सहित अन्य कलाकारहरूले अभिनय गरेका छन्।