नयाँदिल्ली, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको निधन भएको छ। बिहीबार ७२ वर्षको उमेरमा यचुरीको निधन भएको हो। उनी लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए र स्वास नलीको संक्रमणबाट पीडित थिए।

यचुरीलाई १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी आइसीयुमा उपचाररत थिए। केही दिनअघि मात्रै उनको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो। सिताराम यचुरीको जन्म १२ अगष्ट १९५२ मा भएको थियो।
उनी आफ्नी श्रीमती, एक छोरा र एक छोरी सहित परिवारमा बाँचेका छन्। सन् २०१५ मा यचुरी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव चुनिएका थिए, र उनले तीन पटकसम्म उक्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए।
नेपालसँग नजिक रहेका कम्युनिष्ट नेता मानिने यचुरीको निधनले दक्षिण एसियाली वामपन्थी आन्दोलनमा ठूलो क्षति भएको छ।