Untitled design 7 1

काठमाडौं, देशभर हाल मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले पहाडी भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Untitled design 7 1

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने सम्भावना छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

महाशाखाले रातिको लागि सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिक बदली रहने बताएको छ। साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिइएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *