काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (बिहीबार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। युरो, मलेसियन रिङ्गेट, यूएई दिराम र कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ भने पाउण्ड र अस्ट्रेलियन डलरसहितका केही मुद्राको मूल्य घटेको छ।

अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँमा स्थिर छ। यूरोको खरिददर १४८.१८ रुपैयाँ र बिक्रीदर १४८.८४ रुपैयाँ छ। पाउण्ड स्ट्रलिङको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँमा छ। अस्ट्रेलियन डलरको खरिददर ८९.३९ रुपैयाँ र बिक्रीदर ८९.७९ रुपैयाँ निर्धारण भएको छ।
मलेसियन रिङ्गेट, यूएई दिराम, र कुबेती दिनारको मूल्य भने हिजोको तुलनामा वृद्धि भएको छ।