काठमाडौँ, यूईएफए नेसन्स लिगको लिग चरण अन्तर्गतको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले खेलको ५७ औं र ७६ औं मिनेटमा गोल गरेका थिए।

खेलअघि उनलाई सम्मानस्वरूप ‘गोल्डेन क्याप’ प्रदान गरिएको थियो, र उनले खेलमा ‘गोल्डेन बुट’ लगाएर खेलेका थिए। यो जितसँगै केनको अन्तर्राष्ट्रिय गोल संख्या ६८ पुगेको छ।
त्यसै राति भएको अर्को खेलमा, ग्रिसले आयरल्यान्डलाई २–० ले हरायो। अन्य खेलमा, नेदरल्यान्ड्स र जर्मनीबीचको खेल २–२ को बराबरीमा सकियो भने हंगेरी र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।