Electricity supply was shut down at various places in Kathmandu today from 630 am to 11 am

काठमाडौँ, काठमाडौँको विभिन्न प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको मर्मत तथा अन्य कामको लागि आज बिहान चार घण्टाभन्दा बढी समय बिजुली काटिने भएको छ।

Electricity supply was shut down at various places in Kathmandu today from 630 am to 11 am

नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान ६:३० देखि ११:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको छ।

बिजुली कटौती हुने स्थानहरूमा न्यूरोड गेट, रञ्जना हल, विशालबजार, गणेशस्थान, ट्रमा सेन्टर, भोटाहिटी, असनचोक, इन्द्रचोक लगायतका क्षेत्रहरू रहेका छन्।

लैनचौर सवस्टेशनअन्तर्गत लैनचौर चोकदेखि उपराष्ट्रपति कार्यालय, केशरमहल, हात्तीसार, नागपोखरी, नारायणचौरसम्म पनि सोही समयमा बिजुली बन्द हुने बताइएको छ।

प्राधिकरणले भूमिगत प्रसारण लाइनको काम, पोल हटाउने र ट्रान्सफर्मर मर्मतको लागि यो कदम उठाइएको जनाएको छ। साथै, काम निर्धारित समयभन्दा अगावै सकिएमा समयभन्दा पहिला नै बिजुली आउन सक्ने जनाउँदै सेवाग्राहीसँग क्षमायाचना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *