Untitled design 19 1

काठमाडौँ, हाल देशभर मनसुनको प्रभाव रहँदा आंशिकदेखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ, जसले गर्दा अधिकांश भूभागमा मौसम बदली भइरहेको छ।

Untitled design 19 1

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिको समयमा पनि यस्तै मौसमी गतिविधि रहने छ, जहाँ गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। साथै, ती क्षेत्रमा भारी र अत्यधिक भारी वर्षाको जोखिम रहेकोले महाशाखाले बाढी, पहिरो, तथा भूक्षयको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

ती स्थानहरूमा गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपबाट हुने जोखिमलाई कम गर्न आवश्यक सावधानी अपनाउन जनसमुदायलाई सचेत गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *