Badshah Kurmi Forest and Environment Minister of Lumbini Province resigned due to heavy pressure from various organizations including CPN Majority

बुटवल, बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने आरोपमा लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।

Badshah Kurmi Forest and Environment Minister of Lumbini Province resigned due to heavy pressure from various organizations including CPN Majority

कुर्मीको राजीनामा माग गर्दै महिला अधिकार मञ्च बाँके र अन्य संघ-संस्थाले एक महिनादेखि काठमाडौंमा प्रदर्शन र माइतीघरमण्डल–बालुवाटारमा पैदल मार्च गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पनि मन्त्री कुर्मीलाई कारबाही गर्न माग गरेको थियो।

कुर्मीको नियुक्ति कांग्रेसभित्र असन्तोषको कारण बनेको थियो। कांग्रेस लुम्बिनी प्रदेश समितिले कुर्मीको नियुक्ति पुनर्विचार गर्न आग्रह गरेको थियो। बढ्दो दबावपछि मुख्यमन्त्री चेतनारायण आचार्यले कुर्मीलाई राजीनामा दिन उपयुक्त हुने सन्देश दिएका थिए।

मन्त्री कुर्मी साउन ९ गते नियुक्त भएका थिए। उनलाई निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने घटनामा संलग्न रहेको आरोप छ। अनुसन्धानमा कुर्मीको संलग्नता पुष्टि भएको र उनले राजनीतिक पहुँचको बलमा कारबाहीबाट बच्दै आएको आरोप छ।

आन्दोलन र विरोधका बीच, कुर्मीले आज मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाएका छन्। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले पनि कुर्मीलाई आरोपित मानिएको थियो।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले मन्त्री कुर्मीको घटनासँग सम्बन्धित अनुसन्धान जारी रहेको र अदालतमा मुद्दा दर्ता गर्न सकिने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *