नेकपाबहुमत निकट अखिलक्रान्तिकारी उपत्यका जिल्ला सिटिईभिटीको बैठक सम्पन्न

काठमाडौं, नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) उपत्यका जिल्ला सिटिईभिटीको बैठक बाफलस्थित अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ्ग कलेजमा सम्पन्न भएको छ।

नेकपाबहुमत निकट अखिलक्रान्तिकारी उपत्यका जिल्ला सिटिईभिटीको बैठक सम्पन्न

बैठकको अध्यक्षता जिल्हा संयोजक छत्रकुमार बि.क ले गरेका थिए। प्रमुख अतिथि विश्वविद्यालय तथा सिटीईभिटीका इन्चार्ज उषा किरण आजद रहेका थिए।

बैठकमा विश्वविद्यालय तथा सिटीईभिटीका संयोजक डि.बि शाही, क्याम्पस जिल्ला संयोजक बुनु पाण्डे, र कास्की जिल्ला सचीव सञ्जन राई पनि उपस्थित थिए। प्रमुख अतिथि उषा किरण आजदले प्रशिक्षण मन्तव्यमा विद्यार्थी आन्दोलनलाई दबाउन र समाप्त गर्नका लागि दलाल शैक्षिक माफिया जिम्मेवार रहेको बताइन्। उनले शिक्षाको निजीकरणले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित गरेको टिप्पणी गरिन्।

समाप्तिमा, Ctevt संयोजक छत्रकुमार बि.क ले बैठकमा सहभागी प्रमुख अतिथि र अन्य सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *