काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित केही मुद्राहरूको मूल्यमा वृद्धि भएको देखिएको छ भने युरो, पाउन्ड र साउदी रियाललगायतका केही मुद्राहरूको मूल्यमा कमी आएको छ।

आजको लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्यमा आज थोरै वृद्धि भएको हो। हिजो अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा थियो।
त्यस्तै, यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ। हिजो यसै मुद्राको खरिददर १४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रुपैयाँ २३ पैसा थियो। युके पाउण्ड स्ट्रलिङको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ, जुन हिजोको तुलनामा थोरै घटेको हो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। हिजोको तुलनामा अस्ट्रेलियन डलरको मूल्य थोरै घटेको देखिन्छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दरमा पनि थोरै घटबढ देखिएको छ।