काठमाडौँ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २१औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८० का विभिन्न विधामा मनोनयनको सूची सार्वजनिक गरेको छ। पुरस्कारको विभिन्न चार विधामा पाँच-पाँच जना खेलाडी र प्रशिक्षकको नाम मनोनयनमा परेको छ।

पुरुष खेलाडीमा: क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल; करातेका मोहम्मद सेखु आलम; फुटबलका अनन्त तामाङ; र गल्फका सुवास तामाङ।
महिला खेलाडीमा: करातेकी एरिका गुरुङ; फुटबलकी साबित्रा भण्डारी; क्रिकेटकी रुबिना क्षेत्री; एथलेटिक्सकी सन्तोषी श्रेष्ठ; र कबड्डीकी मेनुका राजवंशी।
युवा खेलाडीमा: अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस), र सुनिरा थापा (टेनिस)।
प्रशिक्षकमा: कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी), र सञ्जय मर्हजन (भारोत्तोलन)।
यो वर्षको अवार्ड भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। विजेताहरुलाई पल्सर मोटरसाइकल र अन्य पुरस्कार प्रदान गरिने छ। पिपल्स च्वाइस विधामा मनोनयनमा रहेका खेलाडीको विजेताले पल्सर एनएस ४०० मोटर बाइक प्राप्त गर्नेछन्।
अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया) को कंग्रेस पनि आयोजना हुँदैछ।