काठमाडौं, निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा नयाँ सुविधा थपेको छ जसको माध्यमबाट ग्राहकले सजिलै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) आवेदन दिन सक्नेछन्। यस सुविधा मार्फत ग्राहकले एनसेल एपबाट अनलाइनमा आफ्नो रिपोर्ट प्राप्त गर्न सक्नेछन्।

एनसेलले नेपाल प्रहरीको वेबसाइटलाई २९ साउनदेखि आफ्नो नेटवर्कमा विनाडेटा शुल्क बिना उपलब्ध गराउने घोषणा गरेको छ। यसले प्रहरीमा उजुरी र पुलिस रिपोर्टका लागि अनलाइन आवेदन गर्दा इन्टरनेटको पैसा नलाग्ने व्यवस्था गरेको छ।
एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, “हामीलाई नेपाल प्रहरीसँगको सहकार्यमा सार्वजनिक सेवाहरूलाई डिजिटल रूपमा प्रदान गर्न पाउँदा खुशी छौं। यसले हाम्रो ग्राहक अनुभवलाई अझै सहज बनाउँछ र डिजिटल नेपाल अवधारणामा योगदान पुर्याउँछ।”
