काठमाडौं, युईएफए नेशन्स लिगमा जर्मनीले हंगेरीमाथि जीत हासिल गरेको छ। शनिबार राति जर्मनीको मर्कुर स्पेइल एरिनामा भएको खेलमा जर्मनीले ५-० गोल अन्तरले जित हात पारेको हो।

जर्मनीका लागि खेलको २७औं मिनेटमा निकलास फुलक्रुगले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि, ५७औं, ६६औं, ७७औं र ८१औं मिनेटमा क्रमशः जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जान्डर पाभ्लोभिक र काइ हाभर्ट्जले गोल थपे।
हंगेरीले बल पोसेसन ४३ प्रतिशत राख्दै केही अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन।
यस्तै, आज राति लिग अन्तर्गत भएका अन्य खेलहरुमा ग्रिसले फिनल्याण्डलाई ३-०, अल्बानियाले युक्रेनलाई २-१, र नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोभिनियालाई ५-२ गोल अन्तरले हराएको छ। आज राति नौ खेल हुँदैछन्।