काठमाडौँ, ऋषि ट्रेड सेन्टरले, सीएफमोटोका लागि नेपालका आधिकारिक वितरकका रूपमा, नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटो ४५० एमटी मोडलको टेस्ट राइड इभेन्ट घोषणा गरेको छ। इभेन्ट आज शनिबार बिहान ११ बजे नक्सालस्थित सीएफमोटो शोरुममा आयोजना हुनेछ।

इभेन्टमा ४५० एमटीको साथमा २५० एनके मोडल पनि टेस्ट राइडका लागि उपलब्ध हुनेछ। साथै, अन द स्पट फाइनान्स र भ्यालुएसन सुविधाहरु पनि प्रदान गरिनेछ, जसले पुराना बाइक साट्न सजिलो बनाउनेछ।
४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम, १७.५ लिटरको इन्धन ट्यांकी, र ट्युबलेस टायर जस्ता एड्भान्स्ड फिचर छन्। २५० एनके मोडल सिटी राइडका लागि उपयुक्त मानिन्छ, जसमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन, स्लिपर क्लच, र ड्युअल च्यानल एबीएस रहेका छन्।
कम्पनीले इभेन्टमा सहभागी भएर यी आकर्षक मोडलहरू प्रत्यक्ष अनुभव गर्न आग्रह गरेको छ।