काठमाडौँ, बिहिवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २ हजार ७२७ दशमलव ३६ मा सीमित भएको छ।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ३५ अंकले घटेर ४८६ दशमलव ३६ मा सीमित भएको छ।
बिहिवारको कारोबारमा १३ उपसमूहमध्ये ११ उपसमूहमध्ये शेयर मूल्य ओरालो लागेको छ, जबकि दुई उपसमूहमध्ये शेयर मूल्य बढेको छ।
कूल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ मूल्यमा कारोबार भएको छ।
नेप्सेले जनाए अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
युनिक नेपाल लघुवित्त ९ दशमलव १४%, नेष्डो समृद्धि लघुवित्त ८ दशमलव ४३%, अपर हेवाखोला हाइड्रोपावर ७ दशमलव ९२% र गुडविल फाइनान्सका लगानीकर्ताले ७ दशमलव ८३% लाभ कमाएका छन्।
नेपाल फाइनान्स ८ दशमलव ९१%, विन्दवासिनी हाइड्रोपावर ५ दशमलव ७७%, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव ०३%, न्यादी हाइड्रोपावर ४ दशमलव ८९% र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ८२% हानि भोगेका छन्।