काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औं दीक्षान्त समारोहमा सहभागिता जनाउनका लागि आवेदन आह्वान गरेको छ।

स्नातक, स्नातकोत्तर, र एमफिल तहको परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरूले आवेदन गर्न सक्नेछन्।
२०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
आवेदन फाराम आजदेखि अनलाइनमार्फत उपलब्ध हुनेछ र असोज २३ गतेसम्म भर्न सकिनेछ। असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ।
