युक्रेन, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गरेपछि कुलेबाको राजीनामा आएको हो।

संसद्का सभामुख रुस्लान स्टेफनचुकले फेसबुकमा कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा छलफल गरिने जानकारी दिएका छन्।
कुलेबाको राजीनामा युक्रेनको ल्भिभमा रातभर भएको आक्रमणसँग मिल्दोजुल्दो समयमा आएको छ, जसमा कम्तीमा सात जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्। मृतकहरूकोमा एक बालक र एक चिकित्साकर्मी रहेको जनाइएको छ। ल्भिभमा भएको आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा पोल्टावामा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा गरिएको आक्रमणको एक दिनपछि भएको हो।
पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका जानकारी छ। युक्रेनी अधिकारीहरूले यो आक्रमणलाई युद्ध सुरु भएपछिको सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक मानेका छन्।
पोल्टावा, किएभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा स्थित छ र यो सहर रुसको सीमानजिकै रहेको छ। यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही हप्तापछि भएको हो।
