Nepal Rastra Bank has decided not to print new notes on Dashain

काठमाडौँ, नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँका लागि नयाँ नोट नछाप्ने निर्णय गरेको छ। खर्चको व्यवस्थापन गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस निर्णय गरिएको बताइएको छ।

Nepal Rastra Bank has decided not to print new notes on Dashain

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, दशैँका लागि नयाँ नोटको सट्टा बजारबाट फिर्ता भएका सुकिला नोट वितरण गरिनेछ। उनले यस वर्ष पुराना सुकिला नोट सटही गर्ने योजना बनाइएको जनाए।

साना र ठूला दरका नोटहरूको सटहीको सुविधा ५, १०, २०, ५० र १०० रुपैयाँका नोटहरूलाई दिइने छ। प्रति व्यक्ति १८,५०० रुपैयाँ बराबरको नोट सटही गर्ने व्यवस्था छ।

नोट छपाइका लागि बर्सेनी एक अर्ब ३० करोड रुपैयाँ खर्च भइरहेको छ। नयाँ नोट छाप्दा छिट्टै बिग्रने समस्या कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले यो निर्णय गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *