काठमाडौँ, चितवनमा डेंगी सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको मृत्यु चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत शनिबार भएको हो। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिएका छन्।
उनी ज्वरो आएर शुक्रबार चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको परीक्षण गर्दा सात सय २७ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। यो सङ्क्रमण तीन हजार ४४ जनाको परीक्षणमा देखिएको हो।
सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका हुन्, बाँकी अन्य जिल्लाका बिरामीहरू रहेका छन्।
