Chelsea and Crystal Palace draw Newcastle beat Tottenham

काठमाडौँ, आइतबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा खेलको समाप्ति गरेको छ।

Chelsea and Crystal Palace draw Newcastle beat Tottenham

चेल्सीको घरेलु मैदान स्ट्याफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले २५ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए, भने क्रिस्टल प्यालेसका इबेरेची इजेले ५३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।

गएराति अन्य खेलमा, न्युक्यासल युनाइटेडले टोटेनहमलाई २-१ गोल अन्तरले हराउँदै जीत निकालेको छ। न्युक्यासलका अलेक्जेन्डर इसाक र हार्वे बान्र्सले गोल गर्दै टोटेनहमलाई पराजित गरे।

पहिलो हाफको ३७ औँ मिनेटमा बान्र्सको गोलले सुरुवाती अग्रता दिलाएपछि, टोटेनहमले खेलको ५६ औँ मिनेटमा न्युक्यासलका ड्यान बर्नको आत्मघाती गोलमा बराबरीको मौका पायो। तर, ७८ औँ मिनेटमा इसाकको गोलले न्युक्यासलको जित सुनिश्चित गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *