Rafinhas hat trick gave Barcelona a stunning 7 0 win in La Liga

बार्सिलोना, राफिन्हाको शानदार ह्याट्रिक प्रदर्शनपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा उत्कृष्ट लय कायम राखेको छ। शनिबार राति ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७-० को ठूलो अन्तरले पराजित गर्यो।

Rafinhas hat trick gave Barcelona a stunning 7 0 win in La Liga

यो जितसँगै, बार्सिलोना ला लिगाको सुरुवातका चार खेलमा जित हासिल गर्ने एक्लो टोली बनेको छ।

पहिलो हाफको २० औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ब्राजिलियन राफिन्हाले ८ मिनेटको अन्तरमा दुई थप गोल गरेर ह्याट्रिक पूरा गरे। उनले ६४ र ७२ औँ मिनेटमा गोल गर्दै आफ्नो प्रदर्शनलाई थप उत्कृष्ट बनाए।

खेलको २४ औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले पनि गोल गर्दै बार्सिलोनाको अग्रता विस्तार गरे। बार्सिलोनाका जुलेस काउन्डे, डानी ओल्मो र फेरान टोरेसले पनि गोल गर्दै कुल ७ गोलको लक्ष्य पूरा गर्यो।

बार्सिलोनाले यो जितसँगै ला लिगामा लगातार चार खेल जितेर १२ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान कायम राखेको छ।

समान खेलबाट ८ अंक बनाएको एथलेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा छ, जबकि समान खेल र अंकबाट भिल्ला रियल तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *