काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र कुवेती दिनारको मूल्यमा वृद्धी देखिएको छ, जबकि युरो र बेलायती पाउन्डसहित केही विदेशी मुद्राको मूल्यमा घटोत्तरी आएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। हिजो अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो।
युरोपियन युरोको खरिददर आज १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। हिजो युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा थियो।
बेलायती पाउन्डको खरिददर आज १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा रहेको छ। हिजो पाउन्डको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा थियो।
अस्ट्रेलियन डलरको खरिददर आज ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। हिजो अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा थियो।
कुवेती दिनारको खरिददर आज ४३९ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ ९६ पैसा रहेको छ। हिजो कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा थियो।
बहराइन दिनारको खरिददर आज ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा थियो।