काठमाडौं, एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियाली क्लब सबाहसँग गोलरहित बराबरी खेलेको छ। कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको यस खेलपछि एपीएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

बराबरी पछि एपीएफले दुई खेलबाट मात्र १ अंक जोड्न सकेको छ। एपीएफले पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले हार खाएको थियो।
समूहको विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकाले एपीएफलाई सबाहविरुद्धको खेल जित्न आवश्यक थियो। यद्यपि एपीएफले गोल गर्ने धेरै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। अब, नासाफ र सबाहबीच हुने लिग चरणको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।
एपीएफ नेपालबाट एएफसी च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली टिम हो।