Bangladesh won the SAFF U 20 Championship for the first time by defeating Nepal by 4 1

काठमाडौं, दुई पटकको च्याम्पियन नेपाललाई चकित पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो पटक यो उपाधि जित्न सफल भएको बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले हरायो।

Bangladesh won the SAFF U 20 Championship for the first time by defeating Nepal by 4 1

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लियो। डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुल इस्लामले सीधै गोल गर्दै बंगलादेशलाई १-० को अग्रता दिलाए।

दोस्रो हाफमा नेपालले आक्रमक खेल प्रस्तुत गरेको भए पनि बंगलादेशले ५५ औं मिनेटमा मिराजुल द्वारा दोस्रो गोल गरेर आफ्नो अग्रता दोब्बर गर्‍यो। खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गर्दै बंगलादेशको अग्रता ३-० गरिदिए। मिराजुलको पासमा उनले डिबक्स भित्रबाट सहजै गोल गरे।

नेपालका लागि सान्त्वना गोल समिर तामाङले ८१ औं मिनेटमा गरे। नेपालले खेलमा फर्किने प्रयास गरेको भए पनि ९६ औं मिनेटमा बंगलादेशले पीएस अहमद नोभाले गोल गर्दै ४-१ को जीत पक्का गरे।

नेपालले यसअघि दुई पटक उपाधि जितिसकेको थियो र तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको थियो, तर सफल हुन सकेन। खेलको पहिलो हाफमा नेपालले गोल गर्नका लागि केही अवसर बनाए पनि सदुपयोग गर्न असफल रह्यो।

नवौं मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद आसिफले मुश्किलले बचाए। १३ औं मिनेटमा निराजनको अर्को प्रहार गोलकिपरले सुरक्षित गरे। नेपालले २१ औं मिनेटमा अर्को अवसर गुमायो, जहाँ निराजनले अविनाश स्याङ्तानलाई पास दिँदै फितलो प्रहार गरे।

३० औं मिनेटमा सीमान्त थापाको फ्रिकिक बारमाथिबाट बाहिर गयो र ३१ औं मिनेटमा निराजनको बाहिरबाट हानेको प्रहार पोष्ट नजिकबाट बाहिर गयो।

पहिलो हाफको अन्त्यमा मिराजुल इस्लामको फ्रिकिकले बंगलादेशलाई अग्रता दिलायो। नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरिरहेको बेला बंगलादेशले थप गोल गर्दै जीत सुनिश्चित गर्यो।

सन् २०१८ मा साफ यू–१५ च्याम्पियनसिप जितेको बंगलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो। नेपालमा भएको साफ यू–१५ च्याम्पियनसिप २०२४ को उपाधि पनि बंगलादेशले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *