१० असार, काठमाडौं। सहकारी संस्थाहरूका पीडितहरूले काठमाडौंमा आज प्रदर्शन गरेका छन्। यो प्रदर्शन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा भएको थियो।
प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरूसमेत सहभागी थिए। केहि वृद्धवृद्धाहरूले आफ्नो नियमित खाने औषधि बोकेर प्रदर्शनमा सहभागी हुनुभएको थियो।

पीडितहरूले सहकारी संस्थाहरूबाट तिनको रकम हिनामिने व्यवस्थाहरूलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्न माग गरेका थिए।
प्रदर्शनको समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पीडितहरूलाई सम्बोधन गरेका थिए।
