23 killed in Pakistans Balochistan within 24 hours BLA claims responsibility

काठमाडौं, पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ। पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए। अधिकारीहरुले भनेका छन् कि बन्धुकधारीको संख्या करिब ३० देखि ४० जनासम्म थियो र उनीहरुले २२ वटा गाडी रोकेर पञ्जाबबाट आएका मानिसहरुलाई गोली हानेका थिए।

23 killed in Pakistans Balochistan within 24 hours BLA claims responsibility

यो समूहले २३ सवारी साधानमा आगजनी गरेका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएका शवलाई संकलन गरेर अस्पतालमा ल्याइँदैछ।

पछिल्लो २४ घण्टामा, प्रहरीले चौकी, सुरक्षा बलको शिविर, र सरकारी कार्यालयहरूमा समेत आक्रमण भएको जनाएको छ। मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मा बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *