The turnover of 19 billion 74 crore 5 lakh 93 thousand rupees in the stock market on Sunday

काठमाडौँ, आजको शेयर बजारमा कुल १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ, जसमा ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री गरिएका छन्।

The turnover of 19 billion 74 crore 5 lakh 93 thousand rupees in the stock market on Sunday

साताको पहिलो कारोबार दिन नेप्से ७९.८८ अंक घटेर २८९४.५७ विन्दुमा पुगेको छ, जसले बजारमा २.६८ प्रतिशतको गिरावट देखाएको छ। बजारमा ६० कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको शेयर मूल्य घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार माइक्रोफाइनान्स सूचक ५८.४० अंकले वृद्धि भए पनि अन्य सबै सूचक राताम्य देखिएका छन्।

आजको कारोबारमा विन नेपाल लघुवित्त, उपकार लघुवित्त, र आत्मनिर्भर लघुवित्तका शेयरधनीले १० प्रतिशत आम्दानी गरे। विन नेपाल लघुवित्तको शेयर १५६.६० रुपैयाँ, उपकार लघुवित्तको २८८ रुपैयाँ, र आत्मनिर्भर लघुवित्तको ३११.१० रुपैयाँमा कारोबार भएको छ। धौलागिरि लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः ८.१४ प्रतिशत (सय रुपैयाँ) र ७.२१ प्रतिशत (५९.६० रुपैयाँ) आम्दानी गरेका छन्।

मन्दाकिनी हाइड्रोपावर र केबीएल डिबेन्चरलगायतका सेयरधनीले भने ठूलो हानि भोगेका छन्।

आजको कारोबारमा अपि पावर कम्पनीको कुल ८४ करोड, हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार दिनभर २ लाख १८ हजार पटक सेयर खरिदबिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *