काठमाडौँ, आइतबार राति भएको खेलमा रियल मड्रिडले भल्लाडोलिडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

खेलको पहिलो हाफमा रियल मड्रिडले गोल गर्न निकै संघर्ष गरे पनि, दोस्रो हाफमा खेलको ५०औं मिनेटमा फेडेरिको भालभर्डेले रियलका लागि पहिलो गोल गरे।
ब्रहिम डियाजले ८८औं मिनेटमा मैदानमा प्रवेश गर्दै अर्को गोल थपेर रियलको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको छैटौँ मिनेटमा एनरिकले गोल गर्दै रियललाई ३–० को स्थिति दिलाए।
यससँगै, रियल मड्रिडले ला लिगामा आफ्नो पहिलो जित प्राप्त गर्यो।
गएराति भएको अर्को खेलमा एथलेटिको मड्रिडले जिरोनालाई ३–० ले हरायो। खेलको ३९औं मिनेटमा एन्थोनी ग्रिजम्यानको गोलबाट एथलेटिकोले सुरुआतमा अग्रता बनाएको थियो। ४८औं मिनेटमा मार्कोस लोरेन्टको गोलले अग्रता दोब्बर गर्यो। इन्ज्युरी समयमा कोकीले गोल गरेर एथलेटिकोको अग्रता थप फराकिलो बनाए।
पहिलो खेलमा बराबरी गरेको एथलेटिकोले सिजनको पहिलो जित हासिल गर्दै ४ अंकसँग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ, जबकि रियल मड्रिड समान अंकका साथ चौथो स्थानमा छ।