काठमाडौँ, बिहीबार सेयर बजारमा कुल ८ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ। यस कारोबारमा टप १० ब्रोकर कम्पनीहरूले ३५ प्रतिशत हिस्सा ओगटेका छन्। टप १० ब्रोकर कम्पनीहरूले कुल ३ अर्ब १ करोड रुपैयाँको खरिद गर्दा २ अर्ब ७७ करोड रुपैयाँको बिक्री गरेका छन्।

टप १० ब्रोकर कम्पनीमध्ये ८ कम्पनीहरूको खरिद धेरै देखिएको छ। यसमा नासा, भिजन, इम्पेरियल, सुमेरु, सनी, अनलाइन, डायनामिक, र दिपशिखा ब्रोकर कम्पनीहरू प्रमुख रहेका छन्। दुई ब्रोकर कम्पनी एबीसी र आर्यतारामार्फत भने बिक्री धेरै भएको छ।
उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, र अरुणभ्याली हाइड्रोपावर लगायतका कम्पनीहरूको कारोबार उच्च रह्यो।