बाजुरा, बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु रहेको भूकम्प बिहान ४:१४ बजे ५.२ म्याग्निच्युडको मापन गरिएको हो।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि, हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।