40000 single deaths in the first 6 months of this year in Japan the problem of the elderly population is

काठमाडौँ, जापानमा यस वर्षको पहिलो ६ महिनामा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन्। हालै जापान पुलिसले सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको खुलासा गरेको हो।

40000 single deaths in the first 6 months of this year in Japan the problem of the elderly population is exposed

जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार, तिनमध्ये करिब ४ हजार जनाका शव एक महिनापछि मात्र फेला परेका थिए। १ सय ३० जनाको शव त करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन।

संयुक्त राष्ट्र संघका अनुसार, जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ, र यहाँ एक्लोपन एक गम्भीर समस्या बनेको छ। यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लो बाँच्ने र मर्नेसम्म एक्लो हुने समस्या उजागर गरेको विश्वास लिएको छ।

राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार, एक्लै बस्ने करिब ३७ हजार २२७ जना मानिस आफ्नै घरमा मृत फेला परेका थिए। त्यसमा ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका छन्।

त्यसैगरी, करिब ४० प्रतिशत मानिसको शव मृत्यु भएको एक दिनभित्रै फेला परेको थियो, भने करिब ३ हजार ३९३ जनाको शव एक महिनापछि भेटिएको थियो। बाँकी १३० जनाको शवलाई फेला पर्नुअघि कसैले ध्यान समेत दिएका थिएनन्।

जापानी पब्लिक टीभी नेटवर्क एनएचकेका अनुसार, प्रहरीले यो तथ्यांक एक सरकारी समूहलाई दिइएको छ, जसले बेवारिसे मृत्युका बारेमा जाँच गरिरहेको छ।

जापानी राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनसन्धानले यस वर्ष भन्दा पहिले भविष्यवाणी गरेका थिए कि सन् २०५० सम्ममा ६५ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या १ करोड ८ लाख पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *