The epicenter of the earthquake was around Lamidanda in Dolakha 1

काठमाडौं, आज २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ। यस वर्ष “भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मुख्य नाराका साथ देशभर विविध कार्यक्रम गरिनेछ।

The epicenter of the earthquake was around Lamidanda in Dolakha 1

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी र बलियो संरचना आवश्यक रहेको बताए।

विसं १९९० माघ २ गते आएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। उक्त भूकम्प ८.४ म्याग्निच्युडको थियो, जसले ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

१९९० सालको भूकम्पमा ८,८१९ जनाले ज्यान गुमाए भने ८०,००० घर ध्वस्त भएका थिए। घर, विद्यालय, मन्दिर, र सार्वजनिक भवन गरी २ लाख ७ हजार २४८ संरचना ध्वस्त भएका थिए।

त्यसैगरी, २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा ८,६७० जनाले ज्यान गुमाए, र सात लाखभन्दा बढी आवासीय संरचनामा क्षति पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *