काठमाडौं, सन् २०२४ को अर्थशास्त्रको नोबेल पुरस्कार डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको छ। यस पुरस्कार उनीहरूको “संस्था कसरी निर्माण हुन्छ र यसले समृद्धिलाई कसरी प्रभाव पार्छ” भन्ने अध्ययनका लागि दिइएको हो।

पुरस्कारको घोषणा सोमबार स्टकहोममा गरिएको हो। डारोन एसिमोग्लु र साइमन जोन्सन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा कार्यरत छन् भने जेम्स रोबिन्सन शिकागो विश्वविद्यालयमा काम गर्छन्। यस प्रतिष्ठित पुरस्कारले उनीहरूको अनुसन्धानले विश्वभरिका संस्थाहरू र अर्थतन्त्रमा पारेको गहिरो प्रभावलाई सम्मानित गरेको छ।
अल्फ्रेड नोबेलको सम्झनामा प्रदान गरिने यो पुरस्कार अर्थशास्त्रमा असाधारण योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक वर्ष दिइन्छ। यसअघि, सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानमा आणविक हमलाबाट बाँचेकाहरूको समूह “निहोन हिडान्क्यो”लाई प्रदान गरिएको थियो। उक्त संस्था सन् १९५६ मा स्थापना भएको हो।