124 rape cases in Kathmandu valley in four months highest in Koshi province

काठमाडौँ, पछिल्लो चार महिनामा काठमाडौँ उपत्यकामा मात्रै १२४ वटा बलात्कारका घटना दर्ता भएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका घटना अघिल्लो वर्षको तुलनामा वृद्धि भएका छन्।

124 rape cases in Kathmandu valley in four months highest in Koshi province

गत वर्ष सोही अवधिमा ११३ बलात्कारका मुद्दा दर्ता भएका थिए। यस आर्थिक वर्षको तुलनात्मक तथ्यांकले बलात्कारका घटनामा वृद्धि देखिएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिएका छन्।

कोशी प्रदेशमा सबैभन्दा धेरै घटना
चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै १९५ बलात्कारका मुद्दा दर्ता भएका छन्। गत वर्ष सोही अवधिमा १८३ मुद्दा दर्ता भएका थिए।

देशभर चालु आर्थिक वर्षमा चार महिनाको अवधिमा ८२३ बलात्कारका मुद्दा दर्ता भएका छन्। गत वर्ष सोही अवधिमा यो संख्या ८०९ थियो। तुलनात्मक रूपमा बलात्कारका घटनामा वृद्धि भइरहेको एसएसपी अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *