10 tax refund in hotels restaurants and bars when paying online

काठमाडौं, आन्तरिक राजस्व विभागले होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गर्दा मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्तालाई फिर्ता दिने निर्णय गरेको छ।

10 tax refund in hotels restaurants and bars when paying online

विभागको २१ भदौको निर्णय अनुसार, मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ मा आधारित यस व्यवस्था लागू गरिएको हो।

यसका अनुसार, मदिरा पिउने केन्द्र, चमेनागृह, र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउसबाट प्रदान गरिने सेवामा अनलाइन भुक्तानी गर्दा उपभोक्ताले १० प्रतिशत कर फिर्ता पाउनेछन्।

कर फिर्ता प्रक्रिया लागू गर्न दर्ता भएको विद्युतीय बिजक प्रणाली र भुगतान उपकरण प्रयोग गर्ने विक्रेताले उपभोक्ताका खातामा स्वचालित रूपमा रकम फिर्ता गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *