काठमाडौँ । सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुस्ताङको मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर वडा नम्बर १ भई काठमाडौँको स्वयम्भू बस्ने २१ वर्षीय साङ्पो ठकुरी रहेका छन् ।
उनलाई प्रहरीले भिडियो मंगलबार ठमेलको एक होटलबाट पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए ।