भोजपुर । आमचोक गाउपालिका २ नम्बर वडाको सरस्वती माद्यामिक विद्यालयमा शुक्रबार बाल क्लब पुनर्गठन गरिएको छ । देश भरिका विद्यालयहरुमा रहेको उक्त बाल क्लबले बाल बालिकाको हकअधिकार, बालबालिकाको नेतृत्व बिकास र बालबालिकालाई सामाजिक करण गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

1756516093612342261628653327856

उक्त कार्यक्रमको निरन्तरताको लागि अघिल्लो समितिको कार्यअबधि समाप्त भएको हुदा, सङ्गीता भुजेलको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति सहित २१ सदस्यीय बाल क्लब पुनर्गठन गरिएको उक्त विद्यालयको शिक्षकले संयुक्त आवाज अनलाइन मिडियालाई जानकारी गराएको थियो । विद्यालयको प्रधानाध्यापक उतम कुमार राईले पुनर्गठित बाल क्लबलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *