काठमाडौं । आन्दोलनरत शिक्षकहरूको माग पर्सिसम्ममा सरकारले सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजीत पन्तलाई जिम्मेवारी, आज साझ बसेको मन्त्रिपरिषद् बैठकले दिएकोछ ।

शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकहरुसङ्ग लगातार छलफल गरिरहेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएकोछ ।
मन्त्री गुरुङका अनुसार ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ ।
अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ ।