bhattarai

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । आज बिहानदेखि उनले अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् । 

bhattarai

मेयर भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा सत्याग्रह सुरु गरेका थिए । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।

आइबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका थिए ।  उनले ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौँ,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *