काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले आमरण अनशन अन्त्य गरेका छन् । आइतबार नगर प्रमुख भट्टराईले आमरण अनशन अन्त्य गरेका हुन् ।
मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए। आज सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आमरण अनशन अन्त्य गरेका हुन् ।
‘निमार्ण कार्यमा बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयवाट National Guideline for Design Bamboo Structure (बाँस भवन संहिता) र नर्म्स (Norms) लाई अन्तिम रुप दिई सबै प्रकृया पुरा गरी ४५ दिनभित्र स्वीकृत गरी लागु गरिने छ । स्थानीय तहको अनुरोधमा सम्बन्धित क्षेत्रमा कार्यरत प्राविधिकलाई शहरी विकास मन्त्रालयले यसै आर्थिक वर्ष (२०८२/८३) देखि क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने,ग्रामीण अर्थतन्त्र र जिविकोपार्जन सुधारका लागि बहुउपयोगी बाँसको प्रवर्द्धन गर्न वन तथा वातावरण मन्त्रालयले सवै प्रदेश सरकार र स्थानीय तहहरुलाई अनुरोध गर्ने र वन तथा वातावरण मन्त्रालयले आगामी वर्षदेखि देशव्यापी रुपमा बहुआयामिक कार्यक्रम सहित National Bamboo Mission सञ्चालन गर्ने,’सहमतिपत्रमा उल्लेख गरिएकाे छ ।



