काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सांसद पदबाट निलम्बित भएका छन् ।

1672759641 1631862801 madhavnepal 1200x560 1200x560 202303021700402832314310538387396

उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वतः निलम्बित भएका हुन् । २०६९ को चुनावमा रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचारसम्बन्धी ऐन २०५९ अनुसार भ्रष्टाचारको आरोपमा विशेषमा मुद्दा दर्ता भएसँगै नेपालको उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’ तर, प्रतिनिधिसभा नियमावली अनुसार मुद्दा दायरको औपचारिक जानकारी संसद् सचिवालयले पाएपछी मात्र निलम्बन हुने सचिवालयका कर्मचारी बताउँछन् ।

कार्भेस्थित पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *