काठमाडौं । केहि हप्तादेखि भारत-पाकिस्तान बिचको युद्धले भारत र पाकिस्तानमा अध्ययनको शिलशिलामा गएका विद्यार्थीहरु बिचल्लि परेका छन । रात पर्दै गएपछि जताततै साइरनका आवाज गुञ्जिन्छन् । आकाशमा ड्रोनहरू भुरुरु उड्न थाल्छन् । ड्याङड्याङका आवाजहरू सुनिन्छन् । अनि आत्तिन्छन्, भारत–पाकिस्तानको सीमा क्षेत्रका बासिन्दा ।

img 20250509 2057193570164752896914343
भारत-पाकिस्तान बिच युद्दरत क्षेत्र

लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल लगायतका क्षेत्रमा उल्लेख्य छन्, नेपालीहरू । अझ धेरै अध्ययनका लागि गएका विद्यार्थीहरू । ती सबै विद्यार्थीहरू असुरक्षा महसुस गर्दै नेपाल फर्कने उपाय खोजिरहेका छन् ।

दुई देशबीचको तनावका कारण विश्वविद्यायहरू पनि बन्द भएका छन् । ‘दुवै देशको चेतावनीका कारण विश्वविद्यालयहरु बन्द भएका छन । ती सबै विद्यार्थीहरू अहिले नेपाल फर्कन चाहन्छन् । नेपाल सरकार र दूतावासको समन्वय खोजिरहेका छन् ।

लाहोर क्षेत्रमा मात्रै २ सयको हाराहारीमा नेपाली विद्यार्थी रहेका छन । धेरैले नेपाल फर्कनका लागि जहाजको टिकट खोजिरहेका छन् । तर, हवाइ टिकट नपाउँदा उनीहरु बिचल्लीमा परेको गुनासो छ ।

१ सय भन्दा बढी नेपाली विद्यार्थीले दूतावासमा आफूहरू असुरक्षित महसुस गरिरहेको जानकारी गराएका छन् । भारत–पाकिस्तानबीच भइरहेको तनावग्रस्त क्षेत्रमा कति नेपाली विद्यार्थी छन् भन्ने यकिन तथ्यांक भने छैन ।

पाकिस्तानस्थित नेपाली दूतावासकी सचिव वृन्दा सुवेदी खड्काका अनुसार, केही विद्यार्थीहरू सम्पर्कमा आएको बताउछन् ।

यता भारततर्फ रहेका विद्यार्थीहरूको पनि याचना यस्तै छ । उनीहरू पनि छिटोभन्दा छिटो नेपाल फर्कन चाहेको बताउँछन् ।

भारतको हिमाञ्चल प्रदेशको बड्डी जिल्लास्थित चित्कारा विश्वविद्यालयमा करिब ६० जना विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थी इन्जिनियरिङ अध्ययनको लागि त्यहाँ गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *