Untitled design 4

काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएर उपाधि जितेको छ। भारतको यो सन् २००७ पछीको पहिलो सफलता हो।

Untitled design 4

भारतले बनाएको १७६ रनको बिजय लक्ष्य, दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको हो। हेनरिक क्लासेनले २७ बलमा ५२ रन बनाएका थिए, जसमा २ चौका र ५ छक्का थिए, तर उनीले हार टार्न सकेनन्।

खेलको एक जटिल समयमा, दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो। १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। अन्तिम ६ बलमा १६ रन चाहिएको थियो, त्यसमा हार्दिक पान्ड्याको बलमा मिलर र सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो।

ओपनर रिजा हेन्ड्रिक्स र कप्तान एडेन माक्ररम ४-४ रनमा आउट हुँदा, दक्षिण अफ्रिका १२-२ को अवस्थामा थिए। तेस्रो विकेटका लागि टिस्टन स्टब्स र क्विन्टन डि ककले ३८ बलमा ५८ रनको साझेदारी गरेका थिए। अक्षर पटेलको बलमा स्वीप खेल्ने धुनमा स्टब्स २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा बोल्ड आउट भए।

उनी आउट हुँदा दक्षिण अफ्रिका ८.५ ओभरमा ७०-३ को अवस्थामा थिए। भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए।

Untitled design 5 1

पहिलो ब्याटिङमा बार्बाडोसमा टस जितेर, भारतले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो। ओपनर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाएका थिए। कोहलीले ४८ बलमा अर्धशतक पूरा गरेका थिए। अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित सर्वाधिक ४७ रन बनाएका थिए।

चौथो विकेटमा कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेका थिए। ओपनर रोहित शर्मा ९, ऋषभ पन्त शून्य, सूर्यकुमार यादव ३, शिवम दुबे १६ बलमा ३ चौका र १ छक्का सहित २७ र रविन्द्र जडेजा २ रनमा आउट भए। हार्दिक पान्ड्या ५ रनमा नट आउट रहे।

दक्षिण अफ्रिकाले केशव महाराजले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए। एनरिच नोर्कियाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए। कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *