balaju sadak 11fit 1

काठमाडौं । काठमाडौं बालाजु-सोह्रखुट्टे सडक खण्डमा ११ फिट गहिरो खाल्डो परेको छ । सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

balaju sadak 11fit 1

आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो । मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ । सवारी साधनलाई एउटामात्र लेनमा आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नु परेको छ ।

सोह्रखुट्टे क्षेत्रका नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताए । उनका अनुसार मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *