काठमाडौं । ‘काजु’ (Kazu) नामक ह्याकर समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी गरेको छ ।

img 20250505 0640288039313933013140343

डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा राख्‍दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेका उक्त संवेदनशील डेटाहरू बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको उक्त संवेदनशील डेटाको मूल्‍य काजु समूहले ७ हजार अमेरिकी डलर तोकिदिएका छन् ।

ह्‍याकरले चोरी गरेर बेच्न राखिएको शीर्षकमा भनिएको छ, ‘ [2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice.gov.np)”, जसको अर्थ हुन्छ २० लाखभन्दा बढी नेपाली नागरिकको संवेदनशील डेटा अर्थात व्यक्तिगत विवरण बिक्रीमा छ।’

पोस्टमा उक्त ह्याकरले महत्व दर्शाउँदै भनेका छन्, ‘म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट मात्रै चलाउनुपर्छ, अनि डेटा स्वत: डाउनलोड हुनेछ !!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *