काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।

kp oli with bidhya bhandari7903535816691334046

भेटमा पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाकाबिच ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *