काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । उनलाई अपराध अनुसन्धानको कार्यालयले केहीबेर अघि आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

img 20250426 2236031405213062710710514
सांसद माया राई

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै आइतबार ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *