काठमाडौँ । पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतले नेपालले यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानलाई शनिबार ८–० ले पराजित गरेको छ ।

1000053322 1972025021833 1000x02512746078997407830 1

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा समीक्षा मगर र कुसुम खतिवडाले पनि १/१ गोल गरे ।

यो जितपछि नेपालको पाँच खेलबाट १२ अंक भएको छ । भुटानमाथिको यो ठूलो अन्तरको जितले उपाधि होडमा नेपाललाई सहयोग हुन सक्नेछ । मीनाले ४४ औं सेकेन्डमा गोलको खाता खोलेयता १२ र ६५ औं मिनेटमा गोल गरिन् । यस्तै पूर्णिमाले २३, पहिलो हाफको इन्ज्युरी समयको पहिलो र छैटौं मिनेटमा गोल गरिन् ।

समीक्षाको गोल भने नवौं मिनेटमा सम्भव भएको थियो । यस्तै कुसुमले ६३ औं मिनेटमा गोल गरिन् । अब शनिबारकै अर्को खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *