काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेश समितिले सिटिइभिटीका सहायक निर्देशक गोविन्द पौडेलमाथि नक्कली सर्टिफिकेट बिक्री गरेको आरोप लगाउँदै आइतबार जनकपुरस्थित उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ। संगठनले यो कदम जनचेतावनी स्वरुप जनकारबाहीको गरेको बतायको छ।

पौडेलमाथि लगाइएको सात बुँदे आरोपमा भनिएको छ– उनले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कार्यरत रहँदा फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभ उठाएको, प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस र कमिसनको चलखेल गरेको, कर्मचारी नियुक्तिमा पैसाको आधारमा निर्णय गरेको, र शैक्षिक माफियासँग साँठगाँठ गरी संस्था निजी स्वार्थको उपकरणमा रूपान्तरण गरेको आरोपहरू छन्।